Section 16
पुरातात्विक उत्खनन् गर्न स्वीकृति लिन पर्ने :

(१) प्राचीन स्मारक रहेको ठाउँमा पुरातात्विक उत्खनन्गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएबमोजिम नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(२) कुनै व्यक्ति वा संस्थाले उपदफा (१) बमोजिम स्वीकृति लिई उत्खनन् गर्दा पुरातात्विक महत्वको कुनै वस्तु वा स्मारक भेटिन आएमा त्यसको सूचना अठ्चालीस घण्टाभित्र पुरातत्व विभाग वा प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ र प्रमुख जिल्ला अधिकारीले तत्कालै पुरातत्व विभागलाई उक्त कुराको जानकारी दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम उत्खनन्गर्दा प्राप्त भएको पुरातात्विक सम्पत्ति नेपाल सरकारको हुनेछ ।

(४) उपदफा (१) बमोजिम स्वीकृति नलिई उत्खनन् कार्य गर्ने व्यक्तिलाई पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

(५) उपदफा (२) बमोजिम पुरातत्व विभाग वा प्रमुख जिल्ला अधिकारीलाई सूचना नदिई उत्खनन् कार्य गर्ने व्यक्तिलाई पन्ध्रहजार रूपैयाँसम्म जरिवाना वा तीन
वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।